Campus event

वी.पी. मेमोरियल हेल्थ इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टरमा भर्ना खुल्यो

May 12, 2026

वी.पी. मेमोरियल हेल्थ इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टरमा भर्ना खुल्यो

काठमाडौं । CTEVT बाट सम्बन्धन प्राप्त तथा वी.पी. स्मृती अस्पतालद्वारा सञ्चालित वी.पी. मेमोरियल हेल्थ इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टर, धापासी–बसुन्धाराले शैक्षिक सत्र २०८३/०८४ का लागि ३ वर्षे प्रविणता प्रमाणपत्र तह नर्सिङ (स्टाफ नर्स) तथा सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) कार्यक्रममा पूर्ण शुल्कीय तर्फ भर्ना आवेदन खुलाएको छ ।

संस्थाले जानकारी दिएअनुसार अनलाइन आवेदन फाराम २०८३ वैशाख २४ गते मंगलबारदेखि खुला गरिएको छ भने आवेदन दिने अन्तिम मिति २०८३ जेठ १३ गते बुधबार राति ११:५५ बजेसम्म रहेको छ ।

इच्छुक विद्यार्थीहरूले CTEVT को आधिकारिक वेबसाइट www.ctevtexam.org.np मा उपलब्ध ITMS Online प्रणालीमार्फत आवेदन फाराम भरी Submit गर्नुपर्नेछ ।

स्वास्थ्य शिक्षामा गुणस्तरीय अध्ययन तथा व्यावहारिक अनुभव प्रदान गर्दै आएको यस संस्थाले विद्यार्थीहरूलाई दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा केन्द्रित शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।

थप जानकारीका लागि:
वी.पी. मेमोरियल हेल्थ इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टर
ठेगाना: धापासी, बसुन्धारा, काठमाडौं